वीरगन्जको नारायणी अस्पतालमा उपचाररत ६९ जना कोरोना संक्रमित मध्ये २ जना भागेका छन्।
वीरगन्ज महानगरपालिका श्रोतका अनुसार दुई जना युवकहरू अस्पतालबाट भागेको छन्।
उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए।