शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

दशगजामा अलपत्र ५ सय बढी नेपाली बेलहिया नाका मार्फत नेपाल भित्रिए

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बुधबार, बैशाख ३१, २०७७


दशगजामा अलपत्र ५ सय बढी नेपाली बेलहिया नाका मार्फत नेपाल भित्रिए

बुटवल : कोरोनाको कहर छ विभिन्न जिल्लाहरू सिल छन तर भारतका विभिन्न सहरबाट स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा अलपत्र परेकामध्ये पाँच सय १० जना नेपालीको बुधबार साँझ उद्धार गरी रुपन्देही ल्याइएको छ ।

रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, हरिद्वार, राजस्थान, कानपुरलगायत सहरबाट कोरोना महामारीले गर्दा नेपाल आउन खोजेका उनीहरू नौतनवाको क्वारेन्टाइनमा २१ दिनको बसाइँ पूरा गरी नेपाल फर्किएका हुन् । उनीहरुलाई बुधबार साँझ बेलहिया नाकाबाट बसमार्फत रुपन्देही ल्याइएको हो ।

रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाको पहलमा स्वदेश ल्याइएका उनीहरूमध्ये दुई सय ३३ जना तिलोत्तमा नगरपालिका–१५ को मधवलिया माविको क्वारेन्टाइनमा र दुई सय ७७ जना सिद्धार्थनगर नगरपालिकाको भैरहवास्थित लिलाराम न्यौपाने मावि र भैरहवा माविको क्वारेन्टाइनमा बस्ने छन् ।
फोटो : पत्रकार प्रतीक पौडेल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra