काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उनी ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा रिपोर्ट पोजिटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती महिला लाई कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।
https://www.facebook.com/489034948251696/posts/896206137534573/
मन्त्रालयले पुष्टि गरेको छ कि नेपालमा कोरोनाका कारण मृत्यु हुने उनी नेपालमा पहिलो ब्यक्ति हुन ।