शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

गुल्मी सहित एकै दिन ५३ जनामा कोरोना संक्रमण

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०७७


गुल्मी सहित एकै दिन ५३ जनामा कोरोना संक्रमण

आज एकै दिन ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

साथै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra