सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

नेपालमा डाक्टर पनि कोरोना संक्रमित

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ६, २०७७


नेपालमा डाक्टर पनि कोरोना संक्रमित

काठमाडौं : मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो। जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा विभाग अन्तर्गत करारका चिकित्सक रहेको पाइएको छ।

ललितपुरमा देखिएका कोरोना संक्रमित स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सक रहेको स्रोतले बतायो ।

नेपालमा डाक्टरमा कोरोना संक्रमण देखिएको सम्भवत यो पहिलो हो । यसअघि धनकुटामा कार्यरत एक नर्स, वीरगञ्ज नारायणी अस्पतालमा कार्यरत एक नर्स र कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यत एक नर्स गरी तीन जना नर्समा कोरोना संक्रमण देखिएको थियो ।

मंगलबार ललितपुरमा १, भक्तपुरमा १ र काठमाडौंमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra