शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

बुधबार नेपालमा ३२ जना कोरोना संक्रमित थपिए – संक्रमित ४३४ पुगे

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बुधबार, जेष्ठ ७, २०७७


बुधबार नेपालमा ३२ जना कोरोना संक्रमित थपिए – संक्रमित ४३४ पुगे

काठमाडौं : बुधबार देशभरमा ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिउँसोको नियमित पत्रकार सम्मेलनमा २५ संक्रमित थपिएको जानकारी दिएको थियो भने साँझ थप ७ जनामा संक्रमण देखिएपछि बुधबार देशभर कुल ३२ संक्रमित थपिएका हुन् ।

साँझ थपिएका संक्रमितको प्रदेश १ स्थित प्रयोगशाला र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण पुष्टि भएको हो । उनीहरू झापाका ५ जना, धनकुटा र धरानका १–१ जना भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

दिउँसो मन्त्रालयले जानकारी दिएका संक्रमितहरू कपिलवस्तुका १३, बाँकेका ६, धनकुटाका ५ र नवलपरासी पश्चिमका एक जना हुन् ।

धनकुटाका ५ जनामा भने मंगलबार साँझ नै संक्रमण पुष्टि भएको थियो । त्यसैको औपचारिक जानकारी मन्त्रालयले बुधबार गराएको हो ।

योसँगै नेपालमा संक्रमित संख्या ४ सय ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra