बुटवल : रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ प्रदेश ५ सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले यसको पुष्टि गरे ।
मृतक गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् ।
शिक्षण पेशामा संलग्न उनलाई अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीमा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।
हिजो पनि अस्पतालले त्यसरी खबर गर्यो पछि होइन भन्यो फेरि आज पनि मृत्युको खबर आयो, सत्य हो त ? भन्ने प्रश्नमा स्वास्थ्य महाशाखा प्रमुखले अस्पतालले त्यसरी कुरा फेरे कार्वाही हुने बताए । उनले भने, मृत्यु भएको हो, अब आधिकारीक मान्नुहोस् ।