नेपालगन्ज : बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना शुक्रबार बिहान डिस्चार्ज भएर घर फर्किएका छन ।
आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टामा दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । सो आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए अनुसार बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य छ ।
यी संगै नेपालमा ४८७ संक्रमित मध्ये कोरोनालाई जितेर घर फर्किने ७० जना पुगेका छन, भने हार्ने तीन जना छन ।