बाग्लुङ जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बढिगाड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।
पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए । दुवै गाउँपालीका प्रमुखले संक्रमित भेटिएको पुष्टि गरेका छन । संक्रमित सबै सुनौली नाकाबाट उद्धार गरिएकाहरू हुन ।
यी सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।