आइतवार, बैशाख २, २०८१ Sunday 14th of April 2024

लुम्बिनी स्किन एण्ड लेजर सेन्टर पुनः सञ्चालनमा

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २२, २०७७


लुम्बिनी स्किन एण्ड लेजर सेन्टर पुनः सञ्चालनमा

बुटवल : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड – १९) का कारण विश्व प्राय: ठप्प छ । जतिसुकै ठप्प भएपनि मानिसका आधारभूत कुराहरू गास, बाँस, कपास, स्वास्थ्य उपचार रोक्न र रोकिन सकिने कुरा भएनन् । मानिसहरु कोरोना बाट त देखिनेगरी संक्रमित र प्रताडित छन नै त्यो भन्दा धेरै गुणा अदृश्य रुपमा विभिन्न रोगका संक्रमितहरू प्रताडित छन । तर कोरोनाले प्रभाव जमाउँदा लकडाउन गर्ने सरकारको घोषणा बमोजिम वा संक्रमण नबढोस भन्ने उद्देश्यले निजी स्वास्थ्य संस्था पनि गत चैत ११ गते देखि घोषित/अघोषित रुपमा बन्द भए । अरू जे जे बन्द भएपनि स्वास्थ्य सस्था खोल्नु पर्छ र सबै खाले बिरामीको उपचार गर्नुपर्छ भन्ने माग सर्वत्र गुञ्जायमान भयो र सरकारले पनि खोल्न आग्रह गर्यो जसको कारण विभिन्न निजी स्वास्थ्य संस्था तथा क्लिनिकहरु खुल्न थालेका छन ।

दुई महिना भन्दा लामो समयको बन्द पश्चात् पुर्वपश्चिम राजमार्गको छेउ बुटवल ८ धर्म पथमा रहेको लुम्बिनी स्किन एण्ड लेजर सेन्टर पनि खुलेको कुरा अध्यक्ष यम बहादुर थापाले बताए । प्रदेश नं. ५ उत्कृष्ट छाला रोग क्लिनिकको रूपमा परिचित उक्त क्लिनिक जेष्ठ २० देखि खुलेको हो । कोरोनाको कहरमा परिक्षण तथा उपचारको अलवा ब्यवस्थापन कसरी गरिएको छ भन्ने सम्बन्धमा स्वास्थ्यपत्रकर्मीले अध्यक्ष थापासंग गरेको सम्वादको सम्पादित अंश :

यम बहादुर थापा

स्वास्थ्य सेवा प्रदान प्रक्रिया कसरी ब्यवस्थापन गर्नुभएको छ ?

बिरामीहरू सिधै क्लिनिकमा आउनुको अलवा क्लिनिकमा कार्यरत छाला, यौन तथा सौर्न्दर्य विशेषज्ञ डा. जली श्रेष्ठ, डा. विक्रम ज्ञवाली र डा. सन्दिप थापालाई सिधा टेलिफोन सम्पर्क गरि परामर्श लिन सकिन्छ र कार्यालयको टेलिफोन नम्बरमा सम्पर्क गरेर टिकट बुकिङ गरेर वा दिउँसो दुई बजे देखि साँझ सात बजे सम्म क्लिनिकमा आएर स्वास्थ्य परिक्षण तथा उपचार गर्न सकिने ब्यवस्थापन मिलाएका छौँ ।

डाक्टर तथा स्वास्थ्यकर्मीलाई ब्यक्तिगत सुरक्षाको व्यवस्था कसरी मिलाउनु भएको छ ?

मास्क, पञ्जा, सेनिटाइजर लगायत ब्यक्तिगत सुरक्षा उपकरण उपकरण (पि पि ई) को व्यवस्था गरिएको छ । हामी पुर्णतया सुरक्षित हुने गरि ब्यवस्थापनमा मिलाएका छौँ ।

बिरामीहरुले उपचार लिन आउँदा के के सर्त पालना गर्नु पर्छ ?

बिरामीहरु पनि सुरक्षाका उपकरणहरू कम्तिमा मास्क, लगाएर आउनु पर्ने हुन्छ । छाला तथा यौन रोगका बिरामीलाई पनि ज्वरो परिक्षण गरेर मात्र प्रवेश व्यवस्था गरिएको छ । अनलाइन तथा टेलिफोन मार्फत टिकट बुकिङ गरेकाहरु लाई दिइएको समय भन्दा पाँच मिनेट पहिलै आउनुहुन अनुरोध गरेका छौँ । सबै ब्यक्तिहरु बिच कम्तिमा दुई मिटरको दुरीमा रहनुपर्ने नियम बनाइएका छौँ ।

कस्ताकस्ता मान्छेहरू लाई प्रवेश दिने व्यवस्था मिलाउनु भएको छ ?

जो पायो त्यसैलाई प्रवेश अनुमति दिदैनौं । कुनै पनि छाला तथा यौन रोगबाट पीडितलाई प्राथमिकतामा राखेका छौँ । छाला तथा यौन बाहेक अन्य रोगका संक्रमितहरू जसलाई छाला तथा यौनजन्य समस्या छ उहाँहरुले अनलाइन वा फोन सम्पर्क गरेर सल्लाह लिएर मात्र उपस्थित हुन आग्रह गर्दछौं ।

सरसफाइमा कस्तो व्यवस्था मिलाउनु भएको छ ?

स्वास्थ्य संस्था भएपछि सरसफाइमा विशेष ख्याल त हामीले पहिलेदेखि नै राखेकैछौं अहिले त कोरोनाको कहर छ अझै सचेत, सजक छौँ । सेवाग्राहीलाई साबुनपानीले हात धुने व्यवस्थाको अलवा सेनिटाइजरको व्यवस्था गरेकाछौं । साथै क्लिनिक प्रभावित क्षेत्रको सरसफाइमा विशेष ध्यान दिएका छौँ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

जो कोही पनि उपचार नपाएर पीडित हुन नपरोस् भन्न चाहन्छु । सबैलाई स्वस्थ जीवनको कामना गर्दछु । पुन: भन्दछु कि, हामी सुरक्षाका सबै उपाय अवलम्बन गरेर सेवामा खटिएका छौँ । सकभर कसैलाई कुनै रोग नगालोस छाला यौन तथा सौर्न्दर्य सम्बन्धि केही समस्या भएमा उपचार गर्ने वातावरण सिर्जना गरेकाछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra