शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

वन कार्यालयको जग्गा लुम्बिनी प्रादेशिक अस्पताललाई दिइने

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २९, २०७७


वन कार्यालयको जग्गा लुम्बिनी प्रादेशिक अस्पताललाई दिइने

बुटवल : नेपाल सरकार संघिय मन्त्रीपरिषदको बुधबार बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पताललाई नेपाल सरकार वन मन्त्रालय अन्तर्गत वन कार्यालयको नाममा रहेको जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

लुम्बिनी र प्रादेशिक अस्पताल देखि दक्षिण तर्फ रहेको १ बिगाहा ६ कट्टा जग्गा अस्पतालको पुर्वाधार बिस्तारका लागि उपलब्ध गराउने निर्णय भएको हो । हाल उक्त स्थानमा ईलका प्रशासन कार्यालयल सन्चालनमा रहेको छ । सरकारको उक्त निर्णयबारे बिहीबार अपरान्ह हुने नियमित पत्रकार सम्मेलनमा जानकारी गराईने छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका लागि उक्त जग्गा दिए बापत बुटवल उपमहानगरपालिकाले सोही क्षेत्रफल बराबरको जग्गा अन्य क्षेत्रमा वन कार्यालयलाई उपलब्ध गराउने छ ।

यस अघि अस्पतालले लगभग ८ अर्ब बराबरको लागतमा अत्याधुनीक सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरेको थियो । लुम्बिनी प्रादेशिक अस्पताललाई बिस्तार एवं स्तरोन्नती गर्ने काममा यो निर्णय कोशेढुंगा हुनेछ । बसपार्क देखि साबिकको ब्लड बैंक सम्मको क्षेत्रमा हालै प्रदेश सरकारद्वारा स्विकृत गुरुयोजना अनुसार अत्याधुनिक सुबिधा सहितको अस्पताल बन्नेछ । जसको डिपिआर बन्ने चरणमा छ । संघिय सरकार, प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, अस्पताल ब्यबस्थापन समिती र अस्पताल प्रशासनको संयुक्त प्रयास र सार्थक पहलकदमीबाट यस अस्पतालको विकास तिब्र गतिमा सुरु भएको छ । यस अस्पताललाई निम्न आय भएका जनताको भरेसाको केन्द्र बनाउन बिगतमा सन्चालक समितिमा रहेर योगदान गर्ने अध्यक्ष एवं पदाधिकारीहरु, मेसुहरु, चिकित्सक एवं कर्मचारी, बुटवलका उद्योगी व्यावसायीहरु लगायतको उच्च योगदान रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra