शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

भारत बन्यो कोरोना भाइरसबाट चौथो बढी प्रभावित मुलुक – नेपाल उच्च जोखिममा

  • भेष बहादुर थापा
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३०, २०७७


भारत बन्यो कोरोना भाइरसबाट चौथो बढी प्रभावित मुलुक – नेपाल उच्च जोखिममा

बुटवल : विश्वभर महामारी लिएको कोभिड-१९ संक्रमित संख्याको आधारमा नेपालको छिमेकी मुलुक भारत विश्वकै चौथो बढी प्रभावित बनेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार तथा कोरोना भाइस सम्बन्धि अपडेट गरिरहेको Worldometer मा देखाईए अनुसार भारतले बेलायतलाई पछि पार्दै चौथो बढी प्रभावित मुलुक बनेको हो ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ९२ हजार ८६० छ । तर भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार दुई लाख ९७ हजार ५३५ छ । तर यो समाचार तयार पार्दा अहिलेसम्म दुई लाख ९८ हजार २८३ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९५६ नयाँ संक्रमित थपिएका हुन् ।

साथै, भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ हजार ४९८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ३९६ जनाको मृत्यु भएको छ ।

संक्रमितको आधारमा अहिलेसम्म अमेरिका पहिलो, ब्राजिल दोस्रो, रसिया तेस्रो स्थानमा छन भने नेपाल ७४ स्थानमा छ तर संक्रमित संख्यामा देशको जनसंख्या र भूगोलको प्रभाव भने रहन्छ । भारतको छिमेकी मुलुक हाम्रो नेपाल पनि अब झनै जोखिममा छ । देशको धेरै जस्तो भुभाग भारत संग जोडिएको र खुल्ला सिमानाका कारण नेपाल उच्च जोखिममा देखिएको हो । प्रयाप्त परिक्षण, स्वास्थ्य सामाग्री तथा उपचारको उपलब्धता नहुनाले पनि नेपाल थप खतरामा छ । लकडाउन खुकुलो हुनु र विभिन्न नाममा गरिएका प्रदर्शनले पनि कोरोना संक्रमण बढाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra