काठमाडौं : दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।
सीसीएमसी निर्देशक समितिको पछिल्लो बैठकले विभिन्न प्रदेशहरुमा सञ्चालित मेडिकल कलेज र सरकारी आवासीय भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । त्यहाँ राखिने संक्रमितहरुको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ ।