बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : शुक्रबार, असार १२, २०७७


नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । दाङका एक जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । यससँगै कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । उनीहरूमध्ये दुई हजार ६९८ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार सबैभन्दा धेरै पाल्पामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५/२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२/१२ र सुनसरीका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६/६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४/४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३/३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एक/एक जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra