काठमाडौं : जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड एक हजार ५२७ पुगेको छ ।
संक्रमित मध्ये सबैभन्दा धेरै अमेरिकामा देखिएका छन् । अमेरिकामा अहिलेसम्म ५२ लाख १० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा संक्रमितको संख्या १३ लाख १३ हजार नाघेको छ । रुसमा ६ लाख ३३ हजार जना संक्रमित छन् । भारतमा ५ लाख २८ हजार ८ सय ५९ र बेलायतमा ३ लाख ११ हजार ७ सय २७ जना संक्रमित छन् ।
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख ९९ हजार १२४ पुगेको छ भनृ अहिलेसम्म विश्वभर ५० लाख ६५ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ४३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । उनीहरूमध्ये २८ जनाको मृत्यु भएको छ भने ३ हजार १३ जना डिस्चार्ज भएका छन् ।