काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।
यससँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
थप एकको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । काठमाडौं, नयाँ बानेश्वरका ८५ वर्षीय बृद्धको एक निजी अस्पतालमा उपचारका क्रममा १७ गते राति ११ बजेतिर निधन भएको हो ।
यससँगै कुल मृतकको संख्या ३२ पुगेको छ ।