शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

डायनामिक र किस इन्टरटेन्टमेन्ट रिलोडेडद्वारा रक्तदान

  • जीवन थापा
  • प्रकाशित मिति : शनिबार, असार २०, २०७७


डायनामिक र किस इन्टरटेन्टमेन्ट रिलोडेडद्वारा रक्तदान

बुटवल : द डायनामिक फेसन स्टाइल र किस इन्टरटेन्टमेन्टको आयोजनामा शुक्रबार रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको रक्तसंचार केन्द्र बुटवलले जनाएको छ ।

कोरोना भाइरसको प्रभाव का बीच बढ्दो गर्मीको कारणले अस्पतालहरुमा बिमारीको चाप बढेर ब्लड बैंकमा रगतको अभाव हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अयोजकले जनाएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीेको प्रमुख आथित्यतामा गरिएको कार्यक्रममा द डाइनामिक फेसन स्टाइलका पब्लिक रिलेसन म्यानेजर गणेश बस्यालको स्वागत मन्तव्य, किस इन्टरटेन्टमेन्टका रुपन्देही जिल्ला प्रमुख श्रेयान आचार्यको संयोजकत्व र संचालन द डाइनामिक फेसन स्टाइलका अध्यक्ष तथा सि.ई.ओ. सौरभ रेग्मीको अध्यक्षता रहेको थियो ।

कार्यक्रमको सह-आयोजको रुपमा निल डेविड युनिसेक्स शैलुन रहेको थियो । पहिलो पटक रक्तदान गरिएको भएपनि आगामी दिनहरुमा अन्य विभिन्न सहयोगका कार्यहरु सञ्चालन गरिने पनि आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra