शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

भदौ ५ सम्म बुटवलमा पूर्ण लकडाउन

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बुधबार, साउन २८, २०७७


भदौ ५ सम्म बुटवलमा पूर्ण लकडाउन

बुटवल : समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको आकस्मिक बैठकले बुटवलमा कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय बजार खुल्ला भएसँगै मानिसहरुको भिडभाड र चहलपहल बढिरहेको छ । आम मानिसले सामान्य सर्तकता पनि नअपनाएपछि उपमहानगपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताईन् । बुटवलमा रहेका लाइ बाहिर जान र बुटवल आउनका लागि भोलि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको उनले बताईन । लकडाउनमा अत्याआवश्यक बाहेक अरु सबै ठप्प हुने बताइएको छ । अघिल्लो साता हाटबजार लगायतका बढी भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra