शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोरोनाको लक्षण भए सरकारी अस्पतालमा निःशुल्क परीक्षण र उपचार

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २८, २०७७


कोरोनाको लक्षण भए सरकारी अस्पतालमा निःशुल्क परीक्षण र उपचार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरुलाई पत्राचार गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाएर कात्तिक २४ गतेको मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराएको हो । उक्त मन्त्रिपरिषद् बैठकले सरकारी प्रयोगशालामा कोरोना परीक्षण र अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

अब सरकारी प्रयोगशालामा कोरोना संक्रमणको लक्षण वा चिह्न भएकाहरुको परीक्षण निःशुल्क हुनेछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार ओपीडीमा चिकित्सक वा स्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो १०० डिग्री फरेनहाइट वा सो भन्दा बढी तथा कोभिडका अन्य लक्षण भएकाहरुको निःशुल्क पीसीआर परीक्षण हुनेछ ।

यस्तै कोरोना संक्रमणको लक्षण भएका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।

कोरोना परीक्षण र उपचार सेवा लिने व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा सबै परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सक्षम, इच्छुक र योगदान गर्न चाहनेहरुले परीक्षण र उपचारमा योगदान गर्न पनि सक्नेछ । तर यो ऐच्छिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra