शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

बिरामी जाँच शुल्क बढ्यो

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बुधबार, फाल्गुन ५, २०७७


बिरामी जाँच शुल्क बढ्यो

५ माघ, काठमाडौं : चिकित्सकले विरामी चेकजाँच गरेबापत लिने नयाँ परामर्श शुल्क बुधबारबाट लागू भएको छ ।

नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल (अपिन)को मंगलबार बसेको बैठकले नयाँ परामर्श शुल्क बुधबारबाट लागू गर्ने निर्णय गरेको हो । उक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा चिकित्सकको परामर्श शुल्क निर्धारण गरेको संघ र अपिनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघसंगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क ३० दिनभित्र लागू गर्ने प्रतिवद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएपछि संघ र अपिनको बैठक बसेर उक्त निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सक परामर्श शुल्क प्रत्येक २ वर्षमा पुनरावलोकन हुने व्यवस्था सरकारले गरेको छ ।

एमबीबीएस/बीडीएस पास गरेर ५ वर्ष सेवा अनुभव नभएका चिकित्सकले ३७० र ५ वर्ष अनुभव भएपछि ४५० रुपैयाँ शुल्क बिरामी जाँचे बापत लिन पाउने छन् । यसैगरी डिप्लोमा गरेका तर ५ वर्ष सेवा अनुभव नभएकाले ५१५ रुपैयाँ र ५ वर्ष अनुभव भएकाले ५९० रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी एमडी/एमएस/एमडीएस गरेर ५ वर्ष अनुभव नभएका चिकित्सकको ६६०, ५ वर्ष अनुभव भएका चिकित्सकको ७००, डीएम/एमसीएच गरेर ५ वर्ष अनुभव भएका चिकित्सकको ७७० तथा डीएम/एमसीएच गरेर ५ वर्षभन्दा बढी अनुभव भएका चिकित्सक र एमडी/एमएस/एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले समान ८२५ रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra