बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा सर्वपक्षीय बैठक सम्पन्न

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, बैशाख २७, २०७८


लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा सर्वपक्षीय बैठक सम्पन्न

२६ बैशाख बुटवल,
कोभिड – १९ को प्रभाव नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयनमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । विकराल रुप लिदै गरेको कोभिड – १९ नियन्त्रण गर्न तत्काल के गर्न सकिन्छ भन्ने सम्बन्धमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ डाकेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । कोभिड – १९ संकट समाधानका लागि राजनीति दलहरू, उद्योग तथा व्यापार संघ संगठनहरु, मजदुर संगठमहरु तथा सामाजिक संघ संस्थाहरुले सक्रिय रूपमा परिचालित हुने प्रतिबद्धता व्यक्त गरेकाछन् ।

अस्पताल बाहेक घर, उद्योग तथा अन्य स्थानमा लुकाई राखिएका अक्सिजनका सिलिन्डर मन्त्रालयले तोकेको स्थाना फिर्ता गर्न सार्वजनिक अपिल गर्ने, अटेर गरेमा सुरक्षा संयन्त्र समेत परिचालन गर्ने । अक्सिजन आपूर्ति र व्यवस्थापनलाई सहज बनाउन बितरणलाई एकद्वार प्रणाली अबलम्बन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल कदमी लिने । तत्काल थप अक्सिजन सिलिन्डर खरिद प्रक्रिया अगाडि बढाउने ।
सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा स्वास्थ्य सम्बन्धि भ्रमपुर्ण समाचार सम्प्रेषण नगर्न अपिल गर्ने नगरेमा कारबाही गरिने । विभिन्न स्थानमा सञ्चालित आइसोलेसन सेन्टरलाई मापदण्डयुक्त बनाउने, मापदण्ड नपुगेका आइसोलेसन सेन्टरलाई नजिकको मापदण्डयुक्त आइसोलेसन सेन्टर मर्ज हुन अपिल गर्ने । त्यसको नेतृत्व पालिकाले लिने । भारतीय सिमामा ओहोरदोहोर गर्नेलाई केही समय होल्डिङ सेन्टरमा राखेर काडाइका साथ व्यवस्थापन गर्ने लगायतका निर्णयहरु गरिएका छन ।

बैठकमा प्रदेश सभाका सांसदहरू , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग तथा व्यापारीक संघ संगठनका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra