३१ बैशाख बुटवल
लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा रूपन्देहीका थप २ वटा अस्पतालले कोभिड १९ उपचार सुरु गरेका छन ।
देवदह नगरपालिका रूपन्देहीमा अबस्थित देवदह मेडिकल कलेजमा कोभिड उपचार सेवा सुरू गरेको छ । कोभिड १९ वार्ड High Dependency Unit (HDU) स्तरको ५ बेड र जनरल १० बेड गरि १५ बेडको कोभिड – १९ उपचार सुरु गरेको र सेवालाई थप बिस्तार गरि छिट्टै ५० बेड पुर्याइने कलेजका अस्पताल निर्देशक डा . बिक्रम ज्ञवालीले बताए ।
यसैबीच महिला तथा बालबालिकालाई केन्द्रमा राखेर स्वास्थ्य उपचार सेवा दिदै आएको आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले कोभिड अस्पताल सुरू गरेको छ । बालबालिका तथा महिलालाई लक्षित गरि कोभिड १९ वार्ड High Dependency Unit (HDU) स्तरको १० बेड सञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद बस्यालले बताए ।