आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा अक्सिजन ग्यास उद्योगमा अनुगमन

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १, २०७८


स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा अक्सिजन ग्यास उद्योगमा अनुगमन

१ जेष्ठ बुटवल

कोभिड १९ को उपचारार्थ अक्सिजनको चरम अभाव भएको बेला लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले शनिबार रूपन्देहीको धकधहीमा अवस्थित शंकर अक्सिजन ग्यास उद्योगमा अनुगमन गरेका छन । मन्त्री श्रेष्ठले मन्त्रालयका प्रशासनिक कर्मचारी, प्रहरी र सञ्चारकर्मी सहितको टोलि लिएर अनुगमनमा पुगेका थिए ।

अनुगमनको क्रममा विभिन्न अस्पतालको अलावा ब्यक्तिगत वा संस्थागत मिलेमतोमा अक्सिजन सिलिन्डर बिक्रीवितरण भैरहेको भेटियो । उद्योग सञ्चालकले बिक्रीवितरण रेकर्ड नराखेको तर प्रहरीले राखेको पाइयो । साथै अक्सिजन लिन आएका गाडीहरू ३ दिन सम्म लाइनमा बसेको पाइयो ।

अब कसरी अक्सिजन बितरण गर्ने सम्बन्धमा मन्त्री श्रेष्ठले, उत्पादन र वितरण व्यवस्थित गर्न ३ सिफ्टमा डिउटी रहनेगरी छिटै २४ घण्टे डेक्स स्थापना गर्न लागिएको बताए । जहाँ प्रशासनिक कर्मचारी,स्थानीय जनप्रतिनिधि, प्रहरी, सेना, प्रदेश सरकार बाट १/१ जना रहने गरि संयन्त्र बन्नेछ । प्रमुख जिल्ला अधिकारी वा उच्च पदस्त माध्यमबाट तोकिएको फोकल पर्सनको निग्रानिमा संयन्त्रले काम गर्नेछ । उक्त संयन्त्रले उद्योगमा भैरहेका गतिविधि लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जानकारी गराउनेछ । उक्त संयन्त्रले दैनिक रूपमा उत्पादन र वितरण निरीक्षण गर्नेछ । अब उत्पादक र ग्राहक (व्यक्ति /संस्था ) को मिलेमतोमा अक्सिजन बितरण नियन्त्रण गरिनेछ । व्यक्तिगत रूपमा अक्सिजन सिलिन्डर दिनै पर्ने भएमा सम्बन्धित अस्पतालका डाक्टरको प्रस्कृप्सन, पालिकाको सिफारिस तथा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृतीमा मात्रै दिइनेछ । उद्योगले वैज्ञानिक आवधिकरण राखी बितरण प्रणालीलाई नियन्त्रण गर्नुपर्नेछ । अब अक्सिजन लिन कुर्नुपर्ने समस्या निर्मुल पार्न टोकन दिएर पालो निर्धारण गरिनेछ । अस्पतालहरु आफ्नो पालोमा अक्सिजन लिन जानेछन । रूपन्देहीमा रहेका ३ अक्सिजन उत्पादक उद्योगबाट आकास्मिक बाहेक सुचीकरण गरेर मात्र बितरण गरिनेछ । रूपन्देही जिल्ला र आसपासका जिल्लामा रहेका अस्पताल तथा पालिकोको स्विकृतमा तयार पारिएका आइसोलेसन तथा अस्पतालको सूची तयार गरेर, नियमित सूचीबाट मात्रै अक्सिजन सिलिन्डर बितरण गरिनेछ । बेलाबेलामा आवश्यक रहेमा उपल्लो निकायबाट अनुगमन गरिनेछ ।

हरेक दिन चौबीसै घन्टा उद्योग चल्न पाए ५००- ५५० सिलिन्डर उत्पादन गर्न सक्ने उद्योग सञ्चालकले बताए । लुम्बिनी प्रदेशका लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवा मेडिकल कलेज, देवदह मेडिकल कलेज, क्रिम्सन अस्पताल, आम्दा नेपाल लगायत विभिन्न ठुला अस्पतालको अलावा चितवनको भरतपुर अस्पताल तथा कर्णाली प्रदेशका विभिन्न अस्पतालमा समेत बिक्रीवितरण भैरहेको सञ्चालकले बताए ।

कोरोना महामारी बढिरहेको बेला लुम्बिनी प्रदेशमा अक्सिजनको चरम अभाव भएको छ । लगभग दुई तिहाई सिलिण्डर घरघरमा व्यक्तिले होल्ड गरेर राख्दा अस्पतालमा गम्भीर बिरामीले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको छ । निरोगी मानिसहरूले पनि बिरामी भएमा चाहिन्छ भनेर अक्सिजन सिलिन्डर किनेर भण्डारण गरेका कारण बजारमा अक्सिजन सिलिन्डरको अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra