शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

अक्सिजन प्लान्ट स्थापना अभियानमा नेता बिष्टद्वारा – रू१० लाखको प्रतिबद्धता

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : आइतवार, जेष्ठ २, २०७८


अक्सिजन प्लान्ट स्थापना अभियानमा नेता बिष्टद्वारा – रू१० लाखको प्रतिबद्धता

२ जेठ काठमाडौ
नेपाल पत्रकार महासघ गुल्मीले जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्ने भनी चलाएको अभियानमा गुल्मी क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य जनताका प्रिय नेता गोकर्ण बिष्टले रू१० लाख आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

देशभर अक्सिजनको चरम अभाब भएपछी यसअघि बिष्टले गुल्मी जिल्ला अस्पतालको लागि ४५ थान अक्सिजन पठाएका थिए ।
आज सामाजिक सन्जाल फेसबुक स्टाटस लेख्दै उनले भनेका छन ।

पत्रकार महासंघ गुल्मीले गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न चालेको अभियान स्वागत योग्य छ । महासंघको यो अभियानका लागि रु.१०,००,००० (अक्षरुपि दश लाख रुपैयाँ) बराबरको सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्दछु । यो अभियानलाई साथ दिएर कोरोना विरुद्धको लडाईमा ऐक्यबद्धता जनाउनुहुन सबैमा अनुरोध गर्दछु ।

 

यतिबेला अक्सिजन प्लान्ट गुल्मी जिल्लामै स्थापना गर्ने भनी पत्रकार महासंघ गुल्मीको अभियानमा धेरै गुल्मेली जनता सहयोग जुटाउने अभियानमा जुटिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra