आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

स्वास्थ्य मन्त्री श्रेष्ठसहित पाल्पामा सर्वपक्षीय बैठक सम्पन्न

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ६, २०७८


स्वास्थ्य मन्त्री श्रेष्ठसहित पाल्पामा सर्वपक्षीय बैठक सम्पन्न

६ जेष्ठ पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय तानसेन पाल्पामा सर्वपक्षीय कोरोना नियन्त्रण विशेष बैठक सम्पन्न भएको छ । बैठकमा मन वचन र कर्मले जनताको थप सेवा गर्नुपर्ने बेला आएकोले सेवामा लाग्न मन्त्री श्रेष्ठले अनुरोध गर्दै भने ‘मानवीय स्वास्थ्य संकट आएको यो गम्भीर मोडमा हामीले हाम्रो जिम्मेवारी मात्र पुरा गर्ने होइन सामाजिक उत्तरदायित्व पनि निभाउनु पर्ने छ तसर्थ विना कुनै पुर्वाग्रह जनताको स्वास्थ्य उपचारमा लाग्नुहुन अनुरोध गर्दछु।’

उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले विशेषगरी पाल्पा जिल्लाको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था, कोरोना नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले चालेका गतिविधिको बारेमा जानकारी दिए । बैठकमा लम्बिनी प्रदेश सभा सदस्यहरू नारायण प्रसाद आचार्य युवराज खनाल र वीर बहादुर राना, तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही, प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराई लगायतका जिल्लाका विभिन्न निकायमा रहेका जिम्मेवार व्यक्तिहरुको उपस्थिति थियो ।

यसैबीच रामपुर नगरपालिकामा बसेको बैठकमा नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाको तर्फबाट रामपुरमा जन्मिएका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकोमा स्वागत गर्दै रामपुर नगरपालिकाले कोरोना नियन्त्रणमा चालेका कदमहरूको बारेमा जानकारी गराए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद कुमार गिरी, स्वास्थ्य मन्त्रालयका कर्मचारीसहित पाल्पा जिल्लाका अस्पताल अनुगमनमा निस्किएका श्रेष्ठले बुधबार र बिहीबार पाल्पाका विभिन्न अस्पताल अनुगमन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra