शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

मन्त्री श्रेष्ठद्वारा पाल्पा जिल्लाका विभिन्न अस्पतालको अनुगमन

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ६, २०७८


मन्त्री श्रेष्ठद्वारा पाल्पा जिल्लाका विभिन्न अस्पतालको अनुगमन

६ जेष्ठ पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले बुधबार र बिहीबार पाल्पा जिल्लाका विभिन्न अस्पतालहरू अनुगमन गरेका छन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद कुमार गिरी, सोकिय सचिव माधव सापकोटा, स्वास्थ्य मन्त्रालयका कर्मचारीसहित पाल्पा जिल्लाका अस्पताल अनुगमनमा निस्किएका श्रेष्ठले बुधबार पाल्पा अस्पताल तानसेन, युनाइटेड मिसन अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर र रामपुर आयुर्वेदिक औषधालय रामपुर त्यसैगरी बिहीबार रम्बा गाउँपालिकामा स्थापना गरिएको कोरोना अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रवासको अनुगमन, आवश्यक निर्देशन तथा कोभिडको यो महामारीमा पहिलो पंक्तिमा रहेर सेवा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरेका छन । साथै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावि योजनाहरुको बारेमा जानकारी दिएका छन् ।

युनाइटेड मिसन अस्पतालमा मन्त्री श्रेष्ठ

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सम्बन्धिथ अस्पताल व्यवस्थापन समिति (सञ्चालक समिति), राजनीतिक दलका अगुवा, तथा अस्पतालमा कार्यरत चिकित्सक/स्वास्थ्यकर्मीहरूसंग बैठक बसि कोभिड – १९ को उपचार कसरी भैरहेको छ ? अस्पतालको अहिलेको अवस्था के छ ? अस्पतालमा कोभिड नियन्त्रण सम्बन्धि के के गतिविधिहरु भएका छन ? अस्पतालको व्यवस्थापकीय पाटो कस्तो छ ? चिकित्सक, स्वास्थ्यकर्मीका साथै अस्पतालका समस्याहरु के के छन ? ती समस्या समाधान गर्न के के गर्नुपर्ने हो ? सम्बन्धित अस्पतालले सरकारबाट के कस्ता अपेक्षा गरेका छन ? सरकारलाई सल्लाह सुझाव के के छन ? लगायतका विषयमा बैठकहरू सम्पन्न भएका छन ।

बैठकका क्रममा मन्त्री श्रेष्ठले भने ‘कोरोना महामारी नियन्त्रणमा चिकित्सक तथा स्वास्थ्यकर्मी मात्रै खट्ने र हामी समाजका अन्य अगुवाहरू बाहिरबसेर उनिहरूको आत्मबल गिराउने काम नगरौं, हामीलेले पनि प्रत्यक्ष रुपमा केही योगदान पुर्याउँ।’ चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्य संगै आर्थिक, भौतिक र सामाजिक सुरक्षा दिएर उनीहरुको मनोबल उच्च बनाउनमा सबैको ध्यान जानु पर्ने बताए । उनले थपे, ‘अहिले चिकित्सकहरुले कोभिड संक्रमण भए मात्र विदा पाउने अवस्था छ । यसरी खटिएका स्वास्थ्यकर्मीहरुलाई हामीले सम्मान गरेर उनीहरुको हौसला बढाउन सके थोरै चिकित्सकहरुले पनि धेरै सेवा दिन सक्छन् । यसमा जनप्रतिनीधि संगै सामाजिक व्यक्तित्वहरुको विशेष भुमिका हुन्छ ।’

उनले स्वस्थ्यकर्मीहरुलाई उपचारमा केन्द्रित हुन आग्रह गर्दै आवश्यक सिलिण्डर, औषधी तथा अन्य आवश्यक सामग्रीको आपूर्तिमा व्यवस्थापनमा अस्पताल विकास समिति, जनप्रतिनिधि र संघ संस्थाहरुले जिम्मा लिएमा थप सहज हुने बताए । त्यसको लागि थप सहयोग गर्न अस्पतालमा सर्वपक्षीय सहभागीता रहेको कोरोना नियन्त्रण संयन्त्र बनाउन र जहाँ हरेक व्यक्तिले योग्यता अनुसारको जिम्मेवारी बहन गर्ने गर्दा सजिलो पर्ने बताए । कोभिडका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मान सहित उनीहरुलाई गौरवको अनुभुति दिलाउने कार्य सामाजिक क्षेत्रका व्यक्तित्वहरुले गर्नु पर्ने बताए ।

रम्बा गाउँपालीकाले तयार गरेको कोरोना अस्पतालमा मन्त्री श्रेष्ठ

यो पनि :
https://pahilo.tinaunews.com/news/1829/

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra