६ जेठ बुटवल । कोरोना भाइरस कोभिड १९ बाट नेपाल विशेषगरी लुम्बिनी प्रदेश आक्रान्त छ । अक्सिजनको अभावका कारण धेरैले मृत्युवर्ण गर्नु परेको यथार्थ हो । यतिबेला अक्सिजन सिलिन्डर भेटिनु भगवान भेटिए झै हो । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन पहिले एउटा विज्ञप्ति निकाल्यो र भन्यो ‘अस्पताल बाहिर घर तथा प्रतिष्ठानमा रहेका अक्सिजन सिलिन्डर अस्पतालमा बुझाउनु ।’ तर स्वार्थले भरिएका हामीले ती अक्सिजन सिलिन्डर बुझाउन अटेरी गर्यो त्यसपछि प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ सिलिन्डर खोज्न प्रहरी सहित निस्किए ।
यहाँ देखिएका अक्सिजन सिलिन्डर गोविन्द खनाल अध्यक्ष रहेको संस्था मानव अधिकार तथा शान्ति समाजले संकलन गरेको हो । पछि बिरामी भएमा आवश्यक पर्छ भनेर घरघरमा राखिएका १० वटा सिलिन्डर संकलन गरि सरकारलाई बुझाउन बिहीबार रातको ९ बजे खनाल लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई अक्सिजन सिलिन्डर बुझाउँदै खनालले भने “मानव अधिकार तथा शान्ति समाजको जीवन मुक्ति अभियान मानवता अन्तर्गत सिलिन्डरहरू संकलन गर्न लागेका छौँ, एकजनाको भएपनि जीवन बचाउनु हाम्रो मुल उदेश्य हो ।” अक्सिजन सिलिन्डर बुझ्दै मन्त्री भोजप्रसाद श्रेष्ठले मानव अधिकार तथा शान्ति समाजले सरकारले कोभड नियन्त्रण गर्नका लागि चालेको अभियानमा साथ दिएकोमा धन्यवाद ज्ञापन गर्दै, कोभिड नियन्त्रण गर्न संस्थागत तथा व्यक्तिगत खाँचो रहेको बताए ।