आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा देवदह मेडिकल कलेज अनुगमन

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शनिबार, जेष्ठ ८, २०७८


स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा देवदह मेडिकल कलेज अनुगमन

८ जेष्ठ, बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले शुक्रबार देवदह मेडिकल कलेजको अनुगमन गरेका छन ।
अस्पतालमा कोभिड – १९ को उपचार कसरी भैरहेको छ ? अस्पतालमा कोभिड नियन्त्रण सम्बन्धि के के गतिविधिहरु भएका छन ? भन्ने बारे छलफल गरेका छन । कलेजका अस्पताल निर्देशक डा बिक्रम ज्ञवालीले विशेषगरी कलेजको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था, कोरोना नियन्त्रणमा अस्पतालले चालेका गतिविधिको बारेमा जानकारी दिए । कलेजको अस्पतालमा हालसम्म कोरोना विशेष आइसियु, एचडियु, आइसोलेसन र होल्डिङ बेड गरि जम्ममा ३४ बेड रहेको र २-३ दिनमै ५० बेड पुर्‍याइने निर्देशक डा ज्ञवालीले बताए । उनले भने हामीले उपचार त गरिरहेका छौँ तर सरकारले अक्सिजनको सहजिकरण गर्दिएमा उपचारमा थप सहजता हुनेथियो ।

अस्पतालका कोभिड १९ अस्पताल संयोजक डा. महेशराज घिमिरेले भने ‘हामी जनताको स्वास्थ्य उपचार गर्नेतर्फ भरपुर प्रयास गरिरहेका छौँ । जनताको स्वास्थ्य उपचार गर्दागर्दै हामी स्वास्थ्यकर्मी तथा चिकित्सक नै पटकपटक संक्रमित भयौं र निको भएपछि पुन सेवामा निरन्तर लागेका छौं तर हामी हतोत्साहित भएका छैनौं।’

प्रदेश सभा सदस्य डा कृष्ण न्यौपाने, देवदह नगरपालिका प्रमुख हिरा के सी, स्वकीय सचिव माधव सापकोटा, स्वास्थ्य मन्त्रालयका कर्मचारीसहित कलेज अनुगमनमा निस्किएका श्रेष्ठले आवश्यक निर्देशन तथा कोभिडको यो महामारीमा पहिलो पंक्तिमा रहेर सेवा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra