मङ्लबार, अशोज ९, २०८० Tuesday 26th of September 2023

सरकारी मापदण्ड अनुरूप अक्सिजन बितरण गर्नुस – मन्त्री श्रेष्ठ

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १२, २०७८


सरकारी मापदण्ड अनुरूप अक्सिजन बितरण गर्नुस – मन्त्री श्रेष्ठ

१२ जेष्ठ बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले बुधबार रूपन्देहीका दुई अक्सिजन उद्योग लुम्बिनी अक्सिजन ग्यास इण्डष्टीज पडसरी र लुम्बिनी ग्यास उद्योग प्रा ली टिकुलीगढको स्थलगत अनुगमन गरेका छन । उनले अझै पनि सरकारले बनाएको मापदण्ड अनुरूप नै अक्सिजन बितरण गर्न अनुरोध गरे ।अहिले मन्त्रालयले पहिले दिएको निर्देशन बमोजिम अक्सिजन बितरण गरेको सञ्चालकहरु बताउँछन् । निरन्तर विद्युतको उपलब्धता, अक्सिजन बितरण प्रणालीमा सुधार, सुरक्षाको व्यवस्था भएकाले पहिले भन्दा अक्सिजनको बितरणमा सहजता आएको उनिहरूले बताए ।

लुम्बिनी ग्यास उद्योग प्रा ली मा सञ्चालकसंग कुरा गर्दै 

अहिले विभिन्न अस्पतालको अलावा ब्यक्तिगत वा संस्थागत मिलेमतोमा अक्सिजन सिलिन्डर बिक्रीवितरण कम भेटियो । हरेक दिन लुम्बिनी अक्सिजन ग्यास इण्डष्टीजले २८५- २९० र लुम्बिनी ग्यास उद्योग प्रा ली ले ३१०-३२० अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्ने उद्योग सञ्चालकले बताए । लुम्बिनी प्रदेशका लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवा मेडिकल कलेज, देवदह मेडिकल कलेज, क्रिम्सन अस्पताल, आम्दा नेपाल लगायत विभिन्न ठुला अस्पतालको अलावा चितवनको भरतपुर अस्पताल तथा कर्णाली प्रदेशका विभिन्न अस्पतालमा समेत बिक्रीवितरण भैरहेको छ ।

लुम्बिनी अक्सिजन ग्यास इण्डष्टीजमा

केही दिन यता कोरोनाको प्रभाव घटेसंगै अक्सिजनको अभाव कम भएको छ । तर पनि अक्सिजन सिलिण्डर घरघरमा व्यक्तिले होल्ड गरेर राख्दा अस्पतालमा गम्भीर बिरामीले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको छ । निरोगी मानिसहरूले पनि बिरामी भएमा चाहिन्छ भनेर अक्सिजन सिलिन्डर किनेर भण्डारण गरेर राखेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra