सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

नेपाल नियमित रक्तदाता संघ रूपन्देहीले गर्‍यो १०७ युनिट रगत संकलन

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १५, २०७८


नेपाल नियमित रक्तदाता संघ रूपन्देहीले गर्‍यो १०७ युनिट रगत संकलन

१५ जेष्ठ, बुटवल । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले गणतन्त्र दिवसको अवसरमा १०७ युनिट रगत संकलन गरेको छ । संघले कोभिड -१९ को महामारी र निरन्तर झरिको बाबजुद यति ठुलो मात्रामा रगत संकलन गरेको हो । संघले रगत अभावका कारण कसैको ज्यान नजाओस भनेर नियमित तथा आकस्मिक रक्तदान गरिरहेको छ ।

नेपाल नियमित रक्तदाता संघ केन्द्रिय कमिटीका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता, नेपाल औषधि व्यवसाय संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीको प्रमुख आतिथ्यता,कानुन विज्ञ तथा नेपाल नियमित रक्तदाता संघका कानुनी सल्लाहकार दामोदर घिमिरेको विशिष्ट उपस्थितिमा, नेपाल नियमित रक्तदाता संघका सल्लाहकार सुरेन्द्र कुमार शाक्यको आतिथ्यतामा, लाइम & लेमोन का प्रोप्राइटर सागर पौडेल कोषाध्यक्ष दिपक अधिकारी, राजेस गैरे लागायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत , सदस्य असेस सिलवालको संयोजकत्व तथा संस्थाका सचीव महेश खनालले कार्यक्रम संचालन गरेका थिए । सोही अवसरमा रोट्र्‍याक क्लब अफ साउथका सदस्य स्वर्गीय मनोज सुवेदीको १३ औं पुन्य तिथिमा नेपाल नियमित रक्तदाता संघसंग सहकार्य गरेको युवराज बन्जाडेले बताए ।

नेपाल नियमित रक्तदाता संघ रगत व्यवस्थापन र उप्रेणा गर्दै वि स २०६१ सालमा स्थापना भएको हो । स्वर्गीय सरोज सिलवालको अध्यक्षतामा स्थापना भएको सस्थाले आज सम्म आइपुग्दा धेरैको ज्यान बचाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra