शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री अर्घाखाँचीमा

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १९, २०७८


लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री अर्घाखाँचीमा

१९ जेष्ठ अर्घाखाँची । लुम्बिनी प्रदेशका स्वास्थ तथा जनसंख्यामन्त्री भोज प्रसाद श्रेष्ठले मंगलबार अर्घाखाँची जिल्ला अस्पतालको अनुगमन गरेका छन् । रोल्पा र प्युठान जिल्लाका अस्पतालहरुको अनुगमन तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भए पश्चात् अर्घाखाँची पुगेका श्रेष्ठले जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरुको स्वास्थ अवस्था बारे जानकारी लिए ।

कोरोना महामारी नियन्त्रण गर्नमा सत्ता र प्रतिपक्षको प्रसंसा योग्य भूमिका रहेको स्मरण गर्दै भने – ‘बाटो र पुल निर्माण निर्माण मात्र बिकास होइन, जनताको स्वास्थ्य उपचार प्रमुख हो । तसर्थ अस्पतालमा उपलब्ध बजेट छिटोछरितो तरिकाले प्रयोग गर्नुहोस ।’ उनले कोभिड -१९ लाई ख्याल ख्याल नठान्न साथै समुचित स्वास्थ सुरक्षाका मापदण्ड अपनाउन सबैलाई आग्रह गरे । ‘प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा अस्पतालहरुको स्तरोन्नतिका साथै दक्ष जनशक्ति पहिलो प्राथमिकतामा राख्नेछ त्यसैगरी स्थानीय सरकारले पनि प्राथमिकतामा राख्नु पर्छ ।’ उनले भने । भेरी अस्पतालको घटनालाई स्मरण गर्दै जनता र अस्पताल बिचको सम्बन्ध राम्रो बनाउँन सबैलाई अनुरोध गरे । मन्त्री श्रेष्ठले कोभिडको यो महामारीमा पहिलो पंक्तिमा रहेर खट्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरे ।

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षता सम्पन्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा विशेषगरी अर्घाखाँची जिल्लाको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था, कोरोना नियन्त्रणमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयनमा चालेका गतिविधिहरु बताउँदै पौडेलले आफुहरुले उदाहरणीय काम गरेको दाबी गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कपिल गौतमले अस्पतालमा दक्ष कर्मचारी अभाव भएको, अस्पतालको भौतिक संरचना कमजोर रहेको बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण गरे । पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले संकटको यो डरलाग्दो घडीमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र तथा डा कपिल गौतमको नेतृत्वमा रहेको अर्घाखाँची अस्पतालको टिमको भूमिका उल्लेख्य छ, उत्कृष्ट काम गर्नेलाई सरकारले पुरस्कृत गरेर मनोबल बढाउनुपर्ने बताए ।

मन्त्रीसंगै अर्घाखाँची पुगेका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख रोशनलाल चौधरीले प्रदेश सरकार अन्तर्गत रहेको अर्घाखाँची अस्पतालको चौतर्फी सुदृढीकरणका लागि तथा जनताको स्वास्थ्य उपचारार्थ सबैले सहयोग गर्न अनुरोध गर्दै मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावि योजनाहरुको बारेमा जानकारी दिए । बैठकमा स्वास्थ्य कार्यालय, सुरक्षा निकाय, उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra