आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

गर्मी याममा रोगबाट कसरी बच्ने?

  • स्वास्थ्य पत्र
  • प्रकाशित मिति : आइतवार, असार १, २०७६


गर्मी याममा रोगबाट कसरी बच्ने?

केही दिनयता काठमाडौं लगायत देशका विभिन्न स्थानमा गर्मीको उत्यधिक महसुस गरिएको छ। हिजो शनिबार राजधानी काठमाडौंको तापक्रम अधिकतम ३३ डिग्री सेल्सियस थियो भने न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस रहेको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार नै सबैभन्दा बढी तापक्रम भैरहवामा ४३ दशमलव ३डिग्री सेल्सियस रहेको थियो भने नेपालगञ्जमा ४३ डिग्री सेल्सियस थियो। विज्ञहरु मनसुन भित्रिन केही ढिलाइ भएकाले गर्मी बढेको अनुमान गर्छन्। गर्मीको समयमा आफ्नो स्वास्थ्यको हेरचाह गर्नका निम्ति गरिने आहारबिहारले महत्वपूर्ण भूमिका खेल्नसक्छ।

आयुर्वेद चिकित्सा अन्तर्गतको चरक संहितामा वर्णन भएको गृष्म ऋतुचर्या सबैले पालना गर्नुपर्ने देखिन्छ। जेठ र असार महिनामा गृष्म ऋतुका प्रभावहरु मानिसमा देखिन्छन्।

सूर्यद्वारा पृथ्वीको सोमको शोषण हुनुको कारण शरीरमा गर्मी बढेर पसिना आउनुका साथै  बलक्षय समेत हुन्छ। त्यसकारण सात्म्यरसका रुपमा मधुर रसको सेवन जरुरी हुन्छ। त्यस्तै सात्म्य (हित) आहार अन्तर्गत रहेर शीतल, द्रव, स्निग्ध अन्नपान, शीतल मधुर मन्थ घृत, दूध, शाल्यन्न सेवन गर्नुपर्ने हुन्छ। सात्म्यविहार अन्तर्गत रहेर दिवा कालमा शीतगृह सयन गर्नुपर्ने हुन्छ भने रात्रिकालमा चन्द्रकिरण अटालीमा सयन गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra