२० जेष्ठ, बुटवल । देवदह मेडिकल कलेज बुटवलमा सेवारत रहि केही समय पहिले देखि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा कार्यरत फिजिसियन डा पशुपति रजौरीयाको कोरोना (कोभिड -१९) संक्रमित बिरामीकै उपचार गर्दागर्दै संक्रमित भई उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो ।कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।
देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा बिक्रम ज्ञवालीले एक असल र ईमानदार डाक्टर जसले धेरै कोरोनाका बिरामीको जीवन बचाएका थिए आज उनैलाई गुमाउनु परेको भन्दै दु:ख व्यक्त गरे ।
३५ वर्षीय डाक्टर रजैरीयाको कपिलवस्तु जिल्लामा स्थायी बसोबास थियो । उनी डेढ वर्ष पहिले बिवाह बन्धनमा बाँधिएका थिए ।