शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

कोभिड १९ का बिरामीको उपचार गर्दागर्दै डाक्टरको मृत्यु

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २०, २०७८


कोभिड १९ का बिरामीको उपचार गर्दागर्दै डाक्टरको मृत्यु

२० जेष्ठ, बुटवल । देवदह मेडिकल कलेज बुटवलमा सेवारत रहि केही समय पहिले देखि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा कार्यरत फिजिसियन डा पशुपति रजौरीयाको कोरोना (कोभिड -१९) संक्रमित बिरामीकै उपचार गर्दागर्दै संक्रमित भई उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो ।कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा बिक्रम ज्ञवालीले एक असल र ईमानदार डाक्टर जसले धेरै कोरोनाका बिरामीको जीवन बचाएका थिए आज उनैलाई गुमाउनु परेको भन्दै दु:ख व्यक्त गरे ।

३५ वर्षीय डाक्टर रजैरीयाको कपिलवस्तु जिल्लामा स्थायी बसोबास थियो । उनी डेढ वर्ष पहिले बिवाह बन्धनमा बाँधिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra