शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

‘रूकुम पूर्व जिल्लालाई प्राथमिकतामा राखेका छौं’ – मन्त्री श्रेष्ठ

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २६, २०७८


‘रूकुम पूर्व जिल्लालाई प्राथमिकतामा राखेका छौं’ – मन्त्री श्रेष्ठ

रूकुम पूर्व । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आफुले कार्यभार सम्हालेको एक महिनामा आफ्नो कार्य क्षेत्रमा पर्ने बाह्र वटै जिल्लाका अस्पतालहरूको अनुगमन, निरिक्षण तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भएका छन । पछिल्लो पटक मन्त्री श्रेष्ठले प्रदेशको एकमात्र हिमाली जिल्ला रूकुम पूर्वका अस्पतालहरूको स्थलगत अनुगमन, निरिक्षण तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भएर प्रदेश मुकाम बुटवल फर्किएका छन ।

मन्त्री श्रेष्ठले काँक्री स्वास्थ्य चौकीमा भुमे गाउँपालीकाले सञ्चालन गरेको कोभिड १९ अस्थायी अस्पताल र रूकुमकोटमा अवस्थित रूकुम पूर्व अस्पतालमा कोभिड १९ नियन्त्रणमा के कस्ता गतिविधि चालिएका छन र बिरामीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएर पश्चात् जिल्ला प्रशासन कार्यालयमा आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक सम्पन्न भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा मन्त्री श्रेष्ठले प्रदेश सरकारले अब ल्याउने बजेट कोभिड केन्द्रित हुने बताए । सहभागीहरूले प्रदेशको हिमाली जिल्लामा सरकारको नजर नपुगेको हो कि भन्ने प्रश्नमा उनले भने -‘ हाम्रो नजर परेको छ, कुनै संका गर्नु पर्दैन । हामीले रूकुम जिल्ला दुर्गममा छ भनेर पहिलो प्राथमिकतामा राखेका छौं ।’ उनले यो समयमा स्वास्थ्य क्षेत्रमा धेरै चुनौती रहेको बताउँदै यो समय स्वास्थ्य क्षेत्रमा स्रोत जुटाउने आवसर पनि रहेको बताए । संघिय सरकारे बजेट बढायो प्रदेश सरकारले पनि बढाउने बताउँदै स्थानीय सरकारले पनि स्वास्थ्य क्षेत्रमा बजेट बढाउन मन्त्री श्रेष्ठले अनुरोध गरे । ‘स्वास्थ्य समस्यालाई लिएर निराश मात्रै हुने होइन मनोबैज्ञानिक रुपमा बलियो भएर अगाडि बढ्न सके बिपत्तिको सामना गर्न सकिन्छ ।’ उनले भने । मन्त्री श्रेष्ठले अस्पतालमा के के के अवश्यकता छ त्यसको प्रस्ताव मन्त्रालयमा पेश गर्न अनुरोध गरे । उनले कोभिड नियन्त्रणमा प्रभावकारी देखिएको भ्याक्सिन प्राथमिकताको आधारमा लगाउँदै जाने बताए ।

प्रदेश सभा सदस्य आशा श्वर्णकार र खड्ग के सि को उपस्थितिमा प्रमुख जिल्ला अधिकारी राजकुमार राईको संयोजकत्वमा सम्पन्न बैठकमा राईले विशेषगरी रूकुम पूर्व जिल्लाको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था, कोरोना नियन्त्रणमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयनमा चालेका गतिविधिको बारेमा जानकारी दिदै जिल्लामा समन्वय, सहकार्य र सहअस्तित्वको भावनामा अगाडि बढेको बताए ।

रूकुम पुर्व अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेश चौधरीले देशको कान्छो जिल्ला रूकुम पूर्वमा रहेको रूकुम अस्पताल पहिले प्राथमिक स्वास्थ्य केन्द्र रहेकोमा अहिले उहीँ संरचनामा कार्यसम्पादन गर्नुपर्दा भौतिक संरचना कमजोर रहेकोमा भवन निर्माणको लागि डिपिआर तयार भएको बताउँदै उनले अहिले प्रसुती गृह र शव वाहनको आवश्यकता रहेको बताए । उनले स्वास्थ्यकर्मीले अहिलेसम्म जोखिम भत्ता नपाउँदा मनोबल बढाउन गाह्राे भएको बताए । स्वास्थ्य कार्यालय रूकुम पूर्वका प्रमुख गौरव ढकालले जिल्लाको कोरोनाको अवस्थाबारे बताउँदै आफ्नो कार्यालयको समन्वयन भएका गतिविधिको बारेमा जानकारी गराए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर रोशनलाल चौधरीले रूकुम पूर्व जिल्लामा नेपाल सरकारले विभिन्न शिर्षकमा छुटयाएको बजेट बारे बताउँदै अस्पतालहरुको सुदृढीकरण गर्न तथा जनताको स्वास्थ्य उपचारार्थ सबैले सहयोग गर्न अनुरोध गरे । उनले मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावि योजनाहरुको बारेमा जानकारी दिए । बैठकमा सिस्ने गाउँपालिका प्रमुख कुमारी बराल गौतम, समाजसेवी खेममान खड्का, सुरक्षा निकायका प्रमुख लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra