शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

यूएनडीपीद्वारा ६० थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ३०, २०७८


यूएनडीपीद्वारा ६० थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

बुटवल । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु्ूएनडीपी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेशलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । अक्सिजन कन्सन्ट्रेटर ग्रहण गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वास्थ्य संकटको यो घडिमा यति ठूलो मात्रामा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेकोमा यूएनडीपीलाई धन्यवाद ज्ञापन गरे । केही दिन पहिले आफैले अनुगमन/निरिक्षण गरेका प्रदेशका बाह्रवटै जिल्लाका अस्पतालहरुको स्थलगत अध्ययनका क्रममा आएको मागका आधारमा र आवश्यकता हेरेर ती अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिने बताए । श्रेष्ठले कोरोना संक्रमण नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताए ।

यूएनडीपीका फिल्ड कार्यालय प्रमुख सुदिप अर्यालले ६५ लाख मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको बताए । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(यूएनडीपी) संयुक्त राष्ट्र संघको विश्वव्यापी विकास नेटवर्क हो । यसले राष्ट्रहरू बीच प्राविधिक र लगानी सहयोग प्रवर्धन गर्दछ र परिवर्तनको पक्षमा बोल्छ र देशहरुलाई ज्ञान, अनुभव र स्रोतहरु संग जोड्छ मानिसहरुलाई आफ्नो लागि अझ राम्रो जीवन निर्माण गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra