बुधबार, साउन ९, २०८१ Wednesday 24th of July 2024

सुत्केरी भएको १६ महिनापछि सुत्केरी भत्ता

  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६


सुत्केरी भएको १६ महिनापछि सुत्केरी भत्ता

बैतडी ।  स्वास्थ्यसंस्थामा बच्चा जन्माउने वितिक्कै दिइने सुत्केरी भत्ता बैतडीको एक नगरपालिकामा १६ महिनापछी वितरण गरेको छ । पुर्चौंडी नगरपालिकाले वि स २०७४ चैतदेखि गत असार सम्मको सुत्केरी भत्ता वितरण गरेको हो । सुत्केरी भत्ता बापतको रकम आमाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै पाउनुपर्ने भएपनि कम बजेटका कारण सुत्केरी भत्ता वितरण गर्न सकेको थिएन् ।

नगरपालिकामा सुत्केरी भत्ता बापतको रकम कम आएका कारण करीब १६ महिनापछि मात्रै सुत्केरी भत्ता वितरण गर्न सकेको नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा बच्चा जन्माएका आमाहरुलाई सुत्केरी भत्ता बापतको रकम वितरण गर्नका लागि नगरपालिकाभित्रका १० ओटा स्वास्थ्य संस्थाको खातामा रकम जमा गरेको र स्वास्थ्य संस्थाहरुले आफ्नो सेवा क्षेत्रमा वितरण गर्न थालेको हो ।

पुरचौंडी नगरपालिकामा २१ ओटा प्रसुती सेवा केन्द्रहरुमार्फत सुरक्षित प्रसुती सेवा प्रदान भईरहेको छ । १६ महिनामा ७७८ आमाका लागि ३९ लाख जति सुत्केरी भत्ता बापतको रकम स्वास्थ्य संस्थाहरुको खातामा पठाइएको बताइएको छ ।
चालु आर्थिक बर्षमा भने सुत्केरी भत्ता वितरणमा समस्या नहुने पुरचौंडी नगरपालिकाले जनाएको छ । गत बर्षहरुमा स्वास्थ्य मन्त्रालयले समयमा पैसा पठाउन नसक्दा सुत्केरी भत्ता वितरणमा समस्या आएको बताइएको छ ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउँदा सुत्केरी भत्ता नपाउँदा स्थानीयहरु रुष्ट हुने गरेकोमा अहिले सकेसम्म घरमै गएर, नजिक भएकाहरुलाई स्वास्थ्य संस्थामा बोलाएर सुत्केरी भत्ता वितरणको तयारी भएको कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहारले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि स्वास्थ्य संस्थाहरुले नियमित रुपमा प्रदान गर्ने सेवामा केही समस्या पैदा भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
– नेपाल समाचार पत्र

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra