आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

दक्षिण कोरियामा रहेका नेपालीद्वारा कञ्चनलाई स्वास्थ्य सामाग्री सहयोग

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, असार ७, २०७८


दक्षिण कोरियामा रहेका नेपालीद्वारा कञ्चनलाई स्वास्थ्य सामाग्री सहयोग

७ असार बुटवल । रूद्रपुर हरैया रूपन्देही जन्म स्थान रहि हाल दक्षिण कोरियामा कार्यरतहरूको संगठन रूद्रपुर हरैया सम्पर्क मञ्च दक्षिण कोरियाले रूद्रपुर स्वास्थ्य चौकीलाई सोमबार एक कार्यक्रमका बिच चार लाख पचास हजार मूल्य बराबरको ८ थान अक्सिजन सिलिन्डर, ६ थान वेड,१/१ थान ह्वील चेयर र स्टेचर, २ थान पल्स अक्सिमिटर लगायतका स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका सचेतक भूमिश्वर ढकाले आफ्नो जन्म भूमिका दाजुभाइ दिदीबहिनीको स्वास्थ्य उपचारमा सहयोग होस भनेर आफुले पसिना बगाएर कमाएको रकम जम्मा गरेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरे । कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कोरोनाको यो संकटको घडीमा सरकारसँग हातेमालो गरेकोमा सम्वद्ध सबैलाई धन्यवाद दिए । कञ्चन गाउँपालीका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले सबैको सहयोग सद्भावले नै समग्र कञ्चनको बिकास हुने बताउँदै कञ्चनका लोकप्रिय युवा नेता तथा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वकीय अधिकृत माधव सापकोटाको पहलमा करिब ५ लाख मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर रूद्रपुर स्वास्थ्य चौकीलाई सहयोग प्राप्त भएको बताए । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वकीय अधिकृत माधव सापकोटा, कञ्चन गाउँपालीका वडा नं. ४ का अध्यक्ष दुर्गा क्षेत्री, पत्रकार लगायतको उपस्थितिमा सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

दक्षिण कोरियामा कार्यरत किशोर ढकाल, युद्ध भलामी मगर, राज भण्डारी, के बी थापा र लेखनाथ पौडेलको पहलमा संकलित रकमले स्वास्थ्य सामाग्री खरिद गरेर रूद्रपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक सुवास क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra