शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नमस्ते नेपालले गर्‍यो क‍रोना महामारीमा खट्नेलाई सम्मान

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, असार २७, २०७८


नमस्ते नेपालले गर्‍यो क‍रोना महामारीमा खट्नेलाई सम्मान

२६असार, बुटवल । रुपन्देहीको तिलोत्तमामा क्रियाशील सामाजिक संस्था नमस्ते नेपालले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका ४ जना व्यक्तिहरुलाई शनिबार तिलोत्तमाको वनवाटिकामा सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले युवाहरुले कोभिड्का बेला देखाएको सतर्कता, सामाजिक क्रियाकलाप र स्वास्थ्य चेतनाका विषयमा गरेको सेवामुखी कार्यले आफुलाई उत्साहित बनाएको बताए । उनले कठिन स्वास्थ्य अवस्थाका बेला स्थानिय स्तरमा युवाहरुले समाजमा मिलेर कार्य गरेको र एम्बुलेन्स चालक समेत नपाएको अवस्थामा परिवार र आफैलाई समेत जोखिममा राखी कार्य गरेको र सुरक्षार्थ खटिएका प्रहरी जवानमा विशेष शुभकामना सहित धन्यबाद ज्ञापन गरेका थिए।

आफू र आफ्नो परिवारलाई समेत जोखिममा पारेर खटिएका २ जना एम्बुलेन्स चालक र २ जना सुरक्षाकर्मीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा तिलोत्तमा नगरापालिका नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वर चौधरीले प्रयोग गर्दै आएको स्कार्पियोलाई एम्बुलेन्स बनाई चलाउने चालकहरु राजु शर्मा र हरि ठाकुर तथा सुरक्षामा खटिएका प्रहरी जवान दिपेन्द्र कार्की र सुकनारायण श्रेष्ठ रहेका छन् । कोभिड्को दोस्रो भेरीयण्टले जनता त्राहि त्राहि भएको बेला दुवै जना एम्बुलेन्स चालक संक्रमितलाई अस्पताल पुर्‍याउने तथा संक्रमितको मृत्यु भएपछि दाहसंस्कारका लागि घाटसम्म लैजाने कार्यमा सहयोग गर्दै आएका थिए । कोभिड–१९ महामारीमा अरु एम्बुलेन्स चालकहरु खट्न नमानेको अवस्थामा उनीहरुले अगाडि सरेर सेवा दिएका थिए । यसैगरी सम्मानित हुनेमा दिनरात नभनी आइसुलेसन तथा सडक सुरक्षामा खटिएका प्रहरी जवान रहेका छन् । प्रहरी जवानले विरामीको औषधि व्यवस्थापनमा समेत सहयोग पुर्‍याएका थिए ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाकी नगरउपप्रमुख जगेश्वर चौधरीले एम्बुलेन्स चालक र प्रहरी जवानहरुले देखाएको बहादुरिले काम गर्ने हौसला र आगामी दिनमा समेत अरु युवाका लागि प्रेरणा दिएको बताइन । नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले युवाहरुको प्रेरणाका लागि सधै एककदम अगाडी रहेर सेवा र सामजिक भावनाले अघि बढेको संस्थालाई सबैको साथले अझ अघि बढ्ने प्रेरणा मिलेको बताए। उनले महामारीका बेला जनचेतना दिने, औषधी, अक्सिजन, बिरामी परामर्श दिने र आत्मबल बढाउन सस्थाले प्रयास गरेको बताए।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दधिराम गौतम, नेपाल बाल संगठन रुपन्देहीका अध्यक्ष साजन भण्डारी, शेषकान्त भण्डारी, मनिष भुसाल, निरन्जन खरेल, सम्मानित मध्ये प्रहरी जवानको तर्फबाट दिपेन्द्र कार्की लगायतले आफ्नो भनाइ राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra