बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

मृगौला पीडित मिनालाई सहयोग अभियान तिब्र

  • माधब सापकोटा
  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६


मृगौला पीडित मिनालाई सहयोग अभियान तिब्र

माधव सापकोटा 

८ साउन बुटवल

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं. ६ की २५ बर्षीय कवि मिनाकुमारी राना थापाको दुवै मृगौला फेल भएपछि उपचारका लागी सहयोग गर्न सबैसंग अनुरोध गरे बमोजिम बचाउँ अभियान तिब्र रुपमा अगाडि बढेको छ ।

आर्थिक अभावका कारण उनले सहयोगको अपिल गरेकी  हुन । १ महिना देखि काठमाडौस्थित श्री वीरेन्द्र अस्पताल छाउनीमा हप्ताको तीन पटक डायलाइसिस गर्दै आएकी छन् । अस्पतालका डाक्टरका अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपनि आर्थिक अभावका कारण बेडमा छट्पटिन बाध्य भएको उनका परिवारले बताएको छ । २५ बर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि उनी, उनका परिवार र आफन्तजन चिन्तित भएका छन् । “आर्थिक अभावका कारण म जीवन र मृत्युको दोसाँधमा छु । उपचारका लागी सवैले आर्थिक सहयोग गरि जीवन बचाइदिनु हुन अनुरोध गर्दछु ।” मिनाकुमारीले भनिन् ।

मिना कुमारी रानाा कवि तथा पुर्व रेडियो कर्मी पनि हुन । भोलि कसलाई के हुन्छ भन्न सकिदैन तसर्थ जति सहयोग गर्नु छ आजै गरौ भन्दै बुटवलका साहित्यकारहरुले पनि सहयोगको अपिल गरेका छन । “कवि मिनाक्षी मगर उर्फ मिना राना बचाउँ अभियान” अन्तर्गत फेसबुक म्यासेन्जर ग्रुप बाटै लगभग एक लाख उठ्ने संकेत देखिएको एक अभियानता सरिता श्रीसले बताईन । हामिले गरेको अपेक्षा भन्दा धेरै सहयोग उठिसकेको तर त्यो रकम उपचारको क्रममा अत्यन्तै न्यून हुने भएकोले दानविर महानुभाले सहयोग गरे आवश्यक रकम उठ्न गाह्रो नहुने बताउँछन अर्का अभियानता कृष्ण गाउँले । देश बिदेशमा रहेका लेखक साहित्यकारले सामाजिक सञ्जाल मार्फत सहयोग गर्न अपिल गरेका छन । नेपालमा रहेका लेखक तथा अभियानताहरु पुरुषोत्तम पाण्डे, संगिता अञ्जुली, रामचन्द्र श्रेष्ठ तथा बिदेशमा रहेका सरोज भण्डारी, दिप मिलन, अशोक गौतम क्षितिज सक्रिय रुपमा लागेका छन ।

उनको उपचार सहयोगका लागी कुमारी बैंक लिमिटेडमा खाता नम्बर 0100043751200001, नाम KHADKA BAHADUR THAPA रहेको छ । खड्कबहादुर थापा उनको श्रीमान् हुन् । देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले उनको जीवनरक्षाका लागी यो खाता नम्बर पैसा डिपोजित गरिदिन सक्नुहुनेछ । देश विदेशमा रहेका सबै नेपालीहरुले उनको उपचारका लागी आर्थिक सहयोग गरेर जीवन रक्षा गर्नुपर्ने आफन्तले बताएका छन् ।

उनको बारेमा बुझ्न र आर्थिक सहयोग गर्नका लागी उनको श्रीमान् खड्कबहादुर थापाको सम्पर्क नं. ९८४७३७३२८३,९८४७५८५४२३, अर्थात् दिदी सरुमा राना सुत्पराईको नम्बर ९८६७२६२६०८,९८०६९७२१२५ र भिनाजु बोमबहादुर सुत्पराईको नम्बर ९८४७३५९५३१, ९८०७४३५५९७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra