शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

स्वास्थ्य मन्त्रीले गरे हृदयकेन्द्रको उद्घाटन

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६


स्वास्थ्य मन्त्रीले गरे हृदयकेन्द्रको उद्घाटन

जनकपुर-

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र जनकपुरधाम शाखाको बिहिबार औपचारिक उद्घाटन गरेका छन् ।
उक्त हृदयकेन्द्रले गत  माघ २७ गते देखि जनकपुर अञ्चल अस्पताल परिसरमा बहिरंग विभाग मार्फत अनौपचारिक सेवा शुरु गरेको थियाे ।

उद्घाटन समारोहमा बोल्दै यादवले सबै भन्दा बढी हृदय रोगी रहेको यस प्रदेशमा जनकपुर शाखाको स्थापनाले रोगीहरुको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । बहिरंग सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नरहेको उल्लेख गदै उनले अगामी दिनमा यस शाखाको विस्तारको लागि आवश्यक पूर्वाधार निर्माणमा आफुले पहल गर्ने बताए ।

उनले जनकपुर अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर गंगालाल हृदयकेन्द्र शाखालाई समेत त्यस संग समन्वय गराएर अगाडी बढाउन पहल गर्ने बताए । उपप्रधानमन्त्री यादवले जनकपुरलाई नमूना अस्पताल बनाउनुका साथै राजविराज र विरंगजमा समेत विशिष्ट सेवा सहितका अस्पतालमा परिणत गर्नु पर्नेमा जाेड दिए।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले हृदयकेन्द्रको स्थापनाले प्रदेशमा रहेका मुटुरोगीहरुको उपचारमा सहयोग पुग्ने भएकाले आवश्यक सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

उनले जनकपुर अस्पताललाई केही दिन भित्रै प्रदेशिक अस्पतालमा परिणत गर्न आफूहरु लागि परेको बताए । मुख्यमन्त्री राउतले जनकपुरमा अस्पतालमा भौतिक संरचनामा मात्र नभई विशिष्ट सेवाका लागि आवश्यक उपकरण र चिकित्सकको व्यवस्था समेत गर्ने तयारीमा प्रदेश सरकार रहेको बताए ।

शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर शाह, जनकपुधाम उपमहानगरका प्रमुख लालकिशोर साह, जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र प्रसाद यादव, प्रदेशका स्वास्थ्य निर्देशक डा. प्रमोद यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra