शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा थपिए ४ स्वास्थ्य सेवा

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, पुस ७, २०७८


लुम्बिनी प्रादेशिक अस्पतालमा थपिए ४ स्वास्थ्य सेवा

७ पुस, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले थप ४ वटा सेवा सुरुवात गरेको छ । अस्पतालमा थप १० वटा डायलासिस वेड, ट्रमा वार्ड, कोभिड इमेरजेन्सी तथा भिजिटिङ सेवा सुरुवात गरेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बुधबार एक कार्यक्रमका बीच अस्पतालमा थप सेवाको शुभारम्भ गर्दै लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै केन्द्रको रुपमा विकास गर्ने सरकारको लक्ष्य पूरा हुने तर्फ लागेको बताउँदै उनले भने -” यो अस्पताल प्रदेशकै गर्वको अस्पताल हो ।” उनले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा देशमै नमुना बनाउने योजना रहेको बताए । लुम्बिनी प्रदेशमा जनशक्तिको समस्या रहेको बताउँदै उनले सर्वोच्चमा पुगेको प्रदेश लोक सेवा आयोको मुद्दा टुङ्गिन नसक्दा जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको उल्लेख गरे । तर इच्छाशक्ति हुने हो भने कम जनशक्तिलाई सहि बिन्यास गरेर स्वास्थ्य सुविधालाई प्रभावकारी बनाउन सकिने उदाहरण लुम्बिनी प्रादेशिक अस्पतालले पेस गरेको बताए ।

मन्त्रालयका सचिव बिकास देवकोटा लुम्बनी प्रदेशकै मूखपत्रको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा भैरहेका सेवा र थपिएका सेवाको निरन्तरता दिने कुरा महत्त्वपूर्ण रहेको उल्लेख गरे । दक्ष कर्मचारीको सरुवा हुँदा चुनौती थपिएको गुनासो सम्बोधन गर्दै उनले भने -“यहाँका दक्ष कर्मचारीले प्रदेशका अन्य अस्पतालमा सेवा दिनुपर्नेछ जसबाट यस अस्पतालको लोड घट्नुका साथै अन्य जिल्लाको बिरामी समयमै स्वास्थ्य उपचार पाउन भन्नको लागि कर्मचारी अन्यत्र पठाउनुपर्ने छ ।” अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पताललाई प्रदेशकै गौरबका रुपमा बिकास गर्ने लक्ष्य रहेको बताए । उनले सबैको सहयोग र सहकार्यमा अस्पताललाई भरोसाको केन्द्र बनाउ सकिने बताए ।


अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. इन्द्र ढकालले विशेषगरी दुर्घटनामा परेका सेवाग्राहीलाई छिटो छरितो सुविधाका लागि ट्रमा सेन्टर सञ्चालन गरिएको बताए । यसैगरी डायलासिसका लागि १० वेड थपिएकोमा एचआईभी पोजेटिभका लागि २ बेड छुट्याएको यो सेवा राजधानी बाहिर पहिलो रहेको ढकालले बताए । कोभिड इमर्जेन्सीको लागि कोभिड भवन सञ्चालन भएको जुन एकद्वार प्रणालीबाट सञ्चालन हुने बताए । भिजिङ पास सेवाले भिजिटरको भिड व्यवस्थापन गर्न, सरसफाइ चुस्त राख्नकासाथै बिरामीको बारेमा जानकारी लिन सजिलो हुने बताए ।

अस्पतालमा आफू मेसु भएर आएको ८० दिन भित्रका उपलब्धि तथा योजना सुनाउँदै अक्सिजन प्लान्ट सुरु, बिस्तारित अस्पताल सेवा सुरु, पेइङवार्ड १० बाट थपेर २२ बेड पुर्‍याउँदै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धन लिइ एमडि /एमएसको पढाइ यसै शैक्षिक सत्रदेखि सुरु हुने, इमर्जेन्सीको बेड पहिलेको भन्दा दुई गुणा बढाइएको, क्यासलेस काउन्टर सुुरु भएको, पेपरलेस डिस्चार्ज सुरु हुँदै, आमा सुरक्षा कार्यक्रम तथा बिकास समितिको भत्ता बितरण भएको साथै कोभिड भत्ता अब उपलब्ध हुने, नयाँ सेवा एमआरई र क्याथल्याबको टेन्डर भएको, क्यानसर स्कृनिङ सेवा सुरु हुने, २०-३० बेडको आइसियु थपिदै, वर्न वार्ड सुरु हुँदै, अनलाइन टिकटिङ र टेलि मेडिसिन सेवा सुरु हुँदै रहेको बताउँदै यस वर्षको अन्त्य सम्ममा ड्रिम प्रोजेक्ट १० तले भवन टेन्डरमा जाने विश्वास व्यक्त गरे ।


अस्पतालमा विशेषज्ञ स्वास्थ्य सुविधा थप हुँदै गर्दा आफुहरु सेवामा खटिन कटिबद्ध रहेको बताउँदै अस्पतालकि नर्सिङ इन्चार्ज ज्योती पौडेललेभनिन् -“अस्पतालमा क्वाटरको आवश्यकता छ, स्टाफ प्रोत्साहन भत्ताहरु समयमै उपलब्ध भएमा उत्साहित कर्मचारीले लक्ष अनुसारको सेवा दिन सक्नेछन् ।” अस्पतालमा स्थायी दरबन्दीभन्दा करारका नर्सहरुको सङ्ख्या बढी रहेको र उनीहरुको क्षमतामा बिकास भए पनि सरुवा भई जाने /आउने प्रक्रियाले दक्ष जनशक्तिको अभाव हुने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra