८ पुस बुटवल । बिहीबारदेखि बुटवलमा सुरुभएको चौँथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव-२०७८ को उद्घाटन सत्रको अवसरपारेर आधुनिक समाज डेन्टल केयर प्रालि बुटवल र उद्योग ब्यापार संघ बुटवलबिच सम्झौता भएको छ । बिगत १७ वर्षदेखि दाँत, मुख, गिँजा सम्बन्धी सेवा दिँदै आएको आधुनिक समाज डेन्टल केयर प्रा लि ले उधोग ब्यापार संघ बुटवलका सदस्य एवं निजका परिवार सदस्यहरुलाई १० देखि ५० प्रतिशतसम्म उपचारमा छुट दिने गरी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा आधुनिक समाज डेन्टल केयर प्रालिको तर्फबाट अध्यक्ष एवं प्रवन्ध निर्देशक अमृत भुसाल र उद्योग-ब्यापार संघ बुटवलका तर्फबाट अध्यक्ष गोबिन्दराज गैरेले हस्ताक्षर गरे । प्रदर्शनीको अवसरमा बोल्दै प्रा लि का अध्यक्ष भुसालले आधुनिक समाज डेन्टल केयर प्रा लि सामाजिक उत्तरदायित्वका काममा पनि उत्तिकै सक्रियताका साथ सेवा दिएको बताए । प्रदर्शनी स्थलमा नि:शुल्क दन्त शिविर राखिएको छ । प्रदर्शनी अवधिभर प्रदर्शनी अवलोकन गर्न आउने जुनसुकै अवलोकनकर्ताले नि:शुल्क दाँत,मुख तथा गिँजाको परिक्षण तथा वरिष्ठ डाक्टरद्वारा परामर्श सेवा लिनसक्ने संस्थाका अध्यक्ष भुसालले जानकारी दिए ।