शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

तिलोत्तमामा मुख स्वास्थ्य परिक्षण अभियान सुरु

  • प्रकाशित मिति : आइतवार, पुस २५, २०७८


तिलोत्तमामा मुख स्वास्थ्य परिक्षण अभियान सुरु

२५ पुस, तिलोत्तमा
तिलोत्तमा नगरपालिकामा बृहत् विद्यालयस्तरीय मुख स्वास्थ्य परिक्षण अभियानको आइतबार शुभारम्भ गरिएको छ । शान्ति नमुना माध्यमिक विद्यालय मणिग्राममा विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरूको उपस्थितिमा तिलोतमा नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी बासुदेव घिमिरेले अभियानको शुभारम्भ भएको घोषणा गरे । तिलोत्तमा नगरपालिकाको सहयोगमा आधुनिक समाज डेण्टल केयर प्रालि बुटवलले प्रथम चरणमा ५ हजार विद्यार्थीलाई मुख स्वास्थ्य शिक्षा सहित परिक्षण गर्ने लक्ष्यसहित उक्त कार्यक्रम शुभारम्भ गरिएको डेन्टलका अध्यक्ष अमृत भुसालले बताए । कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि बासुदेव घिमिरेले मुख सम्बन्धी सम्पूर्ण स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै स्वस्थ तिलोत्तमा निर्माण गर्ने अभियानमा सरीक बन्न सबैलाई आह्वान गरे । कार्यक्रममा शान्ती नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, व्यवस्थापन समितिका अध्यक्ष सरद भट्टराई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल जनस्वास्थ्य निरीक्षक केशव भट्टराई लगायतले आफ्नो धारणा राखेका थिए । यो अभियान चरणबद्ध रुपमा तिलोत्तमा नगरपालिकाका विद्यालयहरुमा निरन्तर सञ्चालन गरिने दन्त विशेषज्ञ डा सृष्टी पौरेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra