शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

मायादेवी गाउँपालिकाका विद्यालयमा मुख स्वास्थ्य परिक्षण तथा प्रशिक्षण

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, चैत्र १४, २०७८


मायादेवी गाउँपालिकाका विद्यालयमा मुख स्वास्थ्य परिक्षण तथा प्रशिक्षण

१४ चैत बुटवल । मायादेवी गाउँपालिका रुपन्देहीका विद्यालयहरुमा मुख स्वास्थ्य परीक्षण तथा पशिक्षण अभियान सुरु भएको छ । सुण्डी मध्यमिक विद्यालय वडा नं ४ बाट गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले कार्यक्रमको शुभारम्भ गरे । मायादेवी गाउँपालिकाको आर्थिक सहयोग एवं आधुनिक समाज डेन्टल केयर प्रालि बुटवलको प्राविधिक सहयोगमा अभियानको सुरुवात गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले मुख स्वास्थ्यको क्षेत्रमा गरिएको यो कार्यक्रमले साच्चिकै जनसमुदायमा मुख स्वास्थ्यलाई प्रभावकारी बनाउन विद्यार्थीहरु मार्फत उनीहरूको घरपरिवार हुँदै समाजमा आमूल रुपान्तरण हुने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा आधुनिक समाज डेन्टल केयर प्रालिका अध्यक्ष अमृत भुसालले स्वास्थ्यको क्षेत्रमा केही गर्न आफूलाई हुटहुटी लागेकोले निजी व्यवसायी भएतापनि सार्वजनिक हितका कार्यक्रमहरुमा निरन्तर सेवा गर्दै आएको बताए । कार्यक्रम गाउँपालिका उपाध्यक्ष तारादेवी यादव, वडा नम्बर ४ का अध्यक्ष धनपाल मल्लाह, पालिकाका स्वास्थ्य संयोजक भास्कर आत्रेय, विद्यालयकी शिक्षिका शशी आले तथा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख देवीदिन चौधरी लगायतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरुको एवं शिक्षक प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यो अभियान मायादेवी गाउँपालिका अन्तर्गतका २० वटा सरकारी विद्यालयमा सञ्चालन गरिदैछ र अभियानको समापनको समयमा तीनवटा समुदाय स्तरीय बृहत दन्त शिविर आयोजना गरिने स्वास्थ्य संयोजक भाष्कर आत्रेयले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra