मङ्लबार, बैशाख ४, २०८१ Tuesday 16th of April 2024

बृहत् रक्तदान तथा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, भदौ १०, २०७९


बृहत् रक्तदान तथा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१० भाद्र, बुटवल । निरोगी ब्यक्तिले रक्तदान गर्दा आफु स्वस्थ हुनका साथै बिरामीहरुको जीवन बचाउ सकिन्छ र त भनिन्छ ‘रक्तदान जीवन दान’ । बिरामी हुदा कसैलाई रगतको अभावमा समस्या नपरोस् भन्ने हेतुले नेकपा एमाले गुल्मी – रुपन्देही सम्पर्क मञ्चको आयोजनामा शुक्रबार रक्तसञ्चार केन्द्र (ब्लड बैंक) बुटवलमा तीज विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गुल्मी जिल्लामा स्थायी घर भई रुपन्देहीमा कार्यथलो बनाएका साथीहरू जुटेर दिदीबहिनीहरुको पर्व तीजको अवसरमा भड्किलो दर खाने कार्यक्रम गर्नु भन्दा रगत जस्तो संवेदनशील विषयलाई जोडेर शुभकामना आदानप्रदान कार्यक्रम राख्दा उचित हुने ठानेर कार्यक्रम गरिएको मञ्चका अध्यक्ष हेम बहादुर थापाले बताए । पछिल्लो समय रुपन्देहीको बुटवल लगायत आसपासका स्थानमा डेंगु रोगको प्रकोप बढिरहेको र रगत अभाव भइरहेको अवस्थामा केहि हद सम्म सहयोग मिलोस् भन्ने सोचेर कार्यक्रम गरिएको थापाको कथन छ ।

तीजको अवसरमा रगत जस्तो महत्त्वपूर्ण विषयमा केन्द्रीत रहेर पुण्य काम गरेकोमा प्रसंसा गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खड्क के सी ले यस्तै सिर्जनशील कार्यक्रमको निरन्तर रहनेमा आशावादी रहेको बताए । गर्मी संगै विभिन्न रोग देखा परेको अवस्थामा रगतको अभावमा कसैले समस्या भोग्न नपरोस भन्ने उद्देश्यले मञ्चले कार्यक्रम आयोजना गरेको कार्यक्रम सयोजक लक्षमण पन्थले बताए । कार्यक्रमा नेकपा एमाले प्रदेश कमिटी सदस्य हिरा ए सि तथा चिन्तामणी पाण्डे, इन्चार्ज केदार भुसाल, निर्वतमान अध्यक्ष देवराज खनाल, सचिव चिरन अर्याल लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा सहभागी मध्ये बाट ६१ युनिट रगत जम्मा भएको कार्यक्रम संयोजक लक्ष्मण पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra