बुधबार, साउन ९, २०८१ Wednesday 24th of July 2024

गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीमा नयाँ नेतृत्व चयन अध्यक्षमा डा. रोहित

  • ✍️कृष्ण गाउँले
  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७९


गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीमा नयाँ नेतृत्व चयन अध्यक्षमा डा. रोहित

बुटवल, २३ पुस । गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड बुटवलको ११ओैं वार्षिक साधारणसभा तथा अधिवेशन शनिवार होटल होटल एभरेष्ट इन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले डा. रोहितराज क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा टंक प्रसाद पराजुली, भुपाल कुमार श्रेष्ठ र पदम प्रसाद श्रेष्ठ चयन भएका छन् । सचिवमा युवराज घिमिरे तथा कोषाध्यक्षमा हरि प्रसाद घिमिरे र उप सचिवमा लक्ष्मी पौडेल (घिमिरे) रहेकी छन । सदस्यहरुमा उमाकान्त बस्याल, विमला श्रेष्ठ, मनोज कुमार राना, पारसमणि भण्डारी, लेखनाथ पौडेल, रमा सुवेदी साथै दुई जना सदस्य पछि मनोनीत हुनेछन् । अधिवेशनले भवानी प्रसाद सुवेदी संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । जसमा लक्ष्मण प्रसाद ज्ञवाली र अम्बिका खनाल सदस्य रहेका छन् ।

साधारण सभाको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सस्थाका संस्थापक अध्यक्ष तथा लुम्बिनी सरकारका पूर्व स्वास्थ्य तथा वर्तमान प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले आम जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी उपयुक्त माध्यम भएको बताए । स्वास्थ्य सेवा आम जनताका बीचमा पुर्‍याउनका लागि सहकारीलाई विकल्पका रुपमा अगाडि बढिरहेको बताए । श्रेष्ठले सरकारले अघि सारेको तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारी आर्थिक विकासको मुख्य मेरुदण्ड रहेको धारणा राख्दै श्रेष्ठले आगामी दिनमा गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीले यस क्षेत्रको स्वास्थ्य क्षेत्रको विकासमा योगदान दिने विस्वास ब्यक्त गरे ।


साधारणसभाका अध्यक्ष डा रोहितराज क्षेत्रीले संस्थाको प्रगति प्रतिवेदन समेत पेस गरेका थिए । कोषाध्यक्षको प्रतिवेदन भुपाल कुमार श्रेष्ठ साथै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक बालाराम भट्टराईले पेश गरेका थिए । कार्यक्रममा सल्लाहकारको तर्फबाट खेम प्रसाद लुइँटेलले विचार व्यक्त गरेका थिए । टंक प्रसाद पराजुलीको स्वागत र पदम प्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra