बिहिबार, बैशाख १३, २०८१ Thursday 25th of April 2024

आधुनिक समाज डेन्टलको विद्यालय स्तरीय मुख स्वास्थ अभियान दाङमा

  • प्रकाशित मिति : बिहिबार, बैशाख ७, २०८०


आधुनिक समाज डेन्टलको विद्यालय स्तरीय मुख स्वास्थ अभियान दाङमा

वैशाख । दाङ । राजपुर गाउँपालिका दाङको आयोजना तथा आधनिक समाज डेण्टल केयर बुटवल र लमही आँखा अस्पता को प्राविधिक सहयोगमा ३२ वटा सामुदायिक विद्यालयमा विद्यालय स्तरीय मुख तथा आँखा स्वास्थ्य शिक्षा तथा जाँच कार्यक्रम राजपुर १ मा पर्ने ज्योती आधारभूत विद्यालयवाट अभियान सुरु भएको छ ।

उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष सरद बुढाथोकीले प्रदेश राजधानीको जिल्लामा रहेको विकट पालिका लाई निकट भविष्यमै राम्रो र समृद्ध बनाउने योजनाका साथ आफूले कार्य गरेको र प्रथमत नागरिक लाई स्वास्थ्य बनाउनको लागि मुख स्वास्थय र आखाँ जस्तो संवेदनशील विषयमा विद्यालयका विद्यार्थी मार्फत समुदाय र अभिभावकमा स्वास्थ्य सचेतना बृद्धि गर्ने , समस्या पहिचान गर्ने अभियानको शुभारम्भ गरेको बताए । गाउँपालीका उपाध्यक्ष धनपती यादवले विशेषज्ञ स्वास्थ्य सेवाको पहुचमा भौगोलिक विकटताले जटिलता दिए पनि सेवा र परामर्श दिन जनतामा मुख स्वास्थ्य र आखा स्वास्थको स्थितीमा सुधार गर्न कार्यक्रम सुरु गरिएको बताइन् ।

स्वस्थ मुख अभियानका अभियानता तथा डेन्टलका अध्यक्ष अमृत भुषालले मुख स्वस्थ्य विषय सुन्दा सामान्य लागेपनि गम्भीर भएको बताउँदै यसबारे सचेतना जगाउने उद्देश्यकासाथ कार्यक्रम गरिएको बताए । नेपालमा ९४ प्रतिशतभन्दा बढी मान्छेमा दात र मुखको रोग सम्बन्धि समस्या भएको बताउँदै रोग लागिसकेपछि उपचार भन्दा पनि रोकथामलाई प्राथमिकता दिने अभियान रहेको भुसालले बताए ।

दन्त विशेषज्ञ डा. रविश मिश्र नेतृत्वमा दन्त सेवा र नेत्र सहायक गरी १० जनाको समूहले विद्याथी र अभिभावकगरि १८३ जनालाई सेवा प्रदान गरेका छन । कार्यक्रम स्थलमा औषधी र चस्मा समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra