शुक्रबार, बैशाख ७, २०८१ Friday 19th of April 2024

कानुङ बचत तथा ऋण सहकारीको स्थापना दिवसमा स्वास्थ्य शिविर

  • प्रकाशित मिति : सोमवार, बैशाख २५, २०८०


कानुङ बचत तथा ऋण सहकारीको स्थापना दिवसमा स्वास्थ्य शिविर

बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नाे १५ ओै स्थापना दिवसको अवसरमा स्वास्थ्य शिवि सम्पन्न भएको छ । सिद्वार्थ डेन्टल क्लिनिककाे सहयाेगमा नि:शुल्क दन्त तथा मुख स्वास्थ सेवा तथा सल्लाह दिइएको थियो । जहाँ ७१ जना शेयर सदस्यहरुले सेवा लिएकाे संस्थाका सचिव बेनप्रसाद थापाले बताए । साथै एसियन डायाेग्निष्टक प्रालिले ८० जना सदस्यहरुकाे पूर्ण शरीरकाे परीक्षण सोमबार सम्पन्न गरिएको छ ।

कार्यक्रमका मुख्य अतिथि संस्थाका ज्येष्ठ एवम् सम्मानित सदस्य केशरबहादुर श्रीसले जिन्दगीमा केही गर्न स्वस्थ जीवन अनिवार्य रहेकाे बताउँदै आफ्नाे नियमित स्वास्थ्य परिक्षण गर्नुपर्ने बताए । उक्त कार्यक्रमका संस्थापक अध्यक्ष ईन्जिनियर हीराबहादुर भलामीमगरले वर्तमान समयमा विभिन रोगको फौलावट तिब्र हुन सक्ने कुरालाई दृष्टिगत गर्दै स्वास्थ्य शिबिर राखेकोमा धन्यवाद ज्ञापन गरे ।

सहकारीले बुटवल -१५, उजेलापुरमा रहेकाे लुम्बिनी अपाङ्ग अनाथालयलाई १२ हजार बराबरकाे बुककेस दिने भएकाे संस्थाका अध्यक्ष टाेपबहादुर थापाले जानकारी दिए । स्थापना दिवसकाे अवसरमा खुसियाली मनाउँदै शेयर सदस्यका सन्तानहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । साेही अवसरमा दुर्गाबहादुर श्रीस र चन्द्रकला काउचालाई ज्येष्ठ सदस्यका रुपमा दाेसल्ला ओढाई नगद रकमले सम्मान गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra