बुटवल । तिलोत्तमाको मणिग्राममा रहेको क्रिमसन अस्पतालले विभिन्न कार्यक्रम गरी १२ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा एक दिन ओपीडीका विरामीको निःशुल्क चेकजाँच, रक्तदान र १० वर्ष सेवा गरेका डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरेको हो । अस्पतालमा दीर्घकालीन र उत्कृष्ट सेवा गरेवापत सबिना लामा,सरिता अर्याल,अनिता रावल, जमुना पाण्डेय, शैलु श्रेष्ठ, नरेन्द्र चाैधरी लगायतलाई प्रमाण-पत्र, पाल्पाली करुवा र दाेसल्ला ओेढाएर सम्मान गरिएकाे थियाे ।
कर्मचारी सम्मान कार्यक्रममा अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, अस्पतालका सञ्चालक सुरज भट्टराई लगायतले निकट भविष्यमै अस्पतालमा थप सय बेड थपेर कुल २ सय शैयाको अस्पताल बनाउने घोषणा गरे । अध्यक्ष पाण्डेयले अस्पतालको आफ्नै २ बिघा क्षेत्रफल जग्गा भएकाले थप सय बेड थप्ने तयारीमा रहेको बताए । अस्पतालका सञ्चालक सुरज भट्टराईले चिकित्सक र कर्मचारी नै अस्पतालका मेरुदण्ड भएकाले मानवीय सेवा भावले उपचार दिएर बेग्लै पहिचान बनाउनुपर्ने बताए ।
अस्पताल निर्देशक डाक्टर शेखरप्रसाद पाेखरेलले अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सम्मान गर्दा अस्पताल आफै सम्मानित भएकाे महसुस भएकाे बताउँदै सम्मानित व्यक्तित्वहरुकाे कार्यप्रशंसा गरेका थिए ।